समाचार

प्रहरीकै नाममा ‘सु´साइड नोट’ लेखेर आ´त्मह´´त्या

बागलुङ : बागलुङ नगरपालिका -३ की ३० वर्षीया सम्झना किसानको ‘आ´त्मह´त्या’ प्रकरण थप रह`स्यमय बनेको छ । उनी बागलुङ नगरपालिका-२ माझकोटस्थित डेरामा गत मंगलबार आफ्नै सलको पासो लगाएर झु`ण्डिएको अवस्थामा मृ´त फेला परेकी थिइन् ।

बिहान ११ बजे सम्म पनि ढोका बन्द भएको र नउठेको पाएपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा सिलिङमा सलको पासो लगाइ झु`ण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आ त्मह त्याको खबर लगत्तै घ`टनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले घट`नास्थलको अवस्था हेर्दै मुचुल्का संकलन गरेर श`व पो`स्टमा`र्टमका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा लगेको थियो । उनको शवको पोस्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।

प्रहरीले मु`चुल्का संकलन गरेर फर्किए पछि स्थानीय महिलाले कोठामा खोजतलास गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको ‘सु`साइड नोट’ फेला परेपछि घटना थप रहस्यमय देखिएको छ ।

प्रहरीका नाममा लेखिएको ‘सु`साइड नोट’ मा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आ`त्मह`त्या गर्नुपरेको उल्लेख छ ।

गै`रदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमानसँग सम्बन्ध वि`च्छेद भएको सु`साइट नोटमा उल्लेख गरेकी छन् । उनका पूर्वपति तर्फ एक सानी छोरी छन् । ‘सु`साइड नोट’मा श्रीमानसँग पनि स`म्बन्ध वि`च्छेद गरेको र प्रेम सम्बन्धपछि सम्पर्कमा रहेका प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि आफू यता न उता भएर आ`त्मह`त्याको बाटो रोज्नु परेको लेखेकी छन्।

सोही नोटमार्फत उनले आफूले आ`त्मह´त्या गरेपनि पेटमा भएको बच्चाको डीएनए परीक्षण गरेर भए पनि दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् । ‘सु`साइड नोट’ फेला परेसँगै सम्झनाका माइती र आफन्तले ‘आ`त्मह`त्या’ गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।

मृ`तक सम्झनाका बुवा खड्कबहादुर सार्कीले सम्झनालाई म`र्न बाध्य पारिएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी वि`रुद्ध ‘आ`त्मह`त्या दुरु`त्साहन’ को मु`द्दा दर्ता समेत दर्ता गराएका छन् । ‘प्रेमको नाटक रचेर यौन स्वार्थ लुटेर अ`लपत्र पार्ने नियतका कारण छोरीले मृ`त्युको बाटो रोजेको पायौँ,’ खड्कबहादुरले भने, ‘आ`त्मह`त्याका पछाडि प्रहरीनै कारक रहेको पाइयो, रक्षक नै भक्षक भएपछि के लाग्दो रहेछ र ? हामीले छोरी गु`माए पनि न्यायको आशासहित दु`रुत्साहन मुद्दा दर्ता गराएका छौं।’

‘महिला मृ`त अवस्थामा फेला परेको सूचना पाएलगत्तै घ`टनास्थलमा पुगेर मुचुल्का संकलन गरेर अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले भने, ‘घट`नास्थलमा प्रहरीले फेला नपारेको तरपछि ‘सुसाइड नोट’ समेत हाम्रै नाममा भेटिएको पाइएको छ, त्यो कहाँबाट कसरी देखियो भन्ने बारेमा प्रह`रीले विस्तृत रुपमा अनु`सन्धान सुरु गरेको छ।’

मृ`तक महिलाले प्रहरी जवानसँग प्रे´म सम्बन्ध रहेको खुले पनि अरु विषयमा अ`नुसन्धान जारी रहेको एसपी भट्टले जानकारी दिए । ‘प्रहरी होस् या अरु जो कोही होस्, अप`राध कर्म गरेपछि सजायको भागिदार हुन्छ र हुनैपर्छ,’ उनले भने, ‘यदि प्रहरीले अप`राध गरेको छ भने उम्कन सक्दैन, आरोपितलाई अब नियम कानुनअनुसार अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउँछौं।’

Related Articles

Back to top button
Close