समाचार

अछाममा आइसोलेसनमा भएकी एक महिलाको मृ त्यु

अछाम : जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएका एक महिलाको मृ त्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका घर भएका ५१ वर्षीया महिलाको मृ त्यु भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

उनलाई केही समय पहिले कोरोना भाइरस सं क्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । बिहीबार बिहान उनको मृ त्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनको कोरोना भाइरसको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ छ । पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाइएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए।

Related Articles

Back to top button
Close