समाचार

पर*पुरूषसँग मिलेर श्रीमतीले गरिन् श्रीमानकाे ह**त्या, दुबै जना प*क्रा*उ

परासी, ४ असोज : श्रीमानकाे ह*त्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नि*यन्त्र*णमा लिएको छ ।

बिगत १५ दिनदेखि बे*पत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्र*ममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको से*फ्टीट्याङ्कीमा सडे*को अवस्थामा श*व फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्काे एक पुरुषलाई निय*न्त्रणमा लिएको हो ।

प*क्राउ पर्नेमा मृ*तककी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका पुरुष घटनामा सङ्लग्न रहे नरहेको अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनको नाम भने गोप्य राखेको छ ।

प*क्राउ परेकी सरस्वतीले आफूसहित ती पुरुष मिलेर श्रीमानकाे ह*त्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । ह*त्यामा सलग्न पुरुषसँग उनको सम्बन्ध रहेको खुल्न आएको र उक्त सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमान्को ह*त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

ह*त्यामा संलग्न रहेका उनीहरु वि*रुद्ध किटानी जाहेरी दर्ता भएको तथा अदालतबाट प*क्राउ आदेशसमेत प्राप्त भएकाले उनीहरुविरुद्ध थप अ*नुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । श*व भेटिएको स्थान जिल्ला प्रहरी कार्यालयबाट १०० मिटर पश्चिममा पर्दछ ।

Related Articles

Close