रोचक

भारतीयको बुहारी बनेकी नेपालकी नायीका बिपनालाई पर्यो यस्तो सकस, निरुतासंग बर्षौ पछिको भेटमा बाडिन ब्यथा (भिडियो हेर्नुस्)

काठमाडौं । विपना थापा कुनै जमानामा नेपाली फिल्म क्षेत्रको सबैभन्दा ब्यस्त नायीका थिइन् । उनले अभिनय नगरेका चलचित्र सायदै थिए उनको पालामा । केही वर्ष नेपालको फिल्मी क्षेत्रमा बिताएकी विपना अहिले भारतीयको बुहारी बनेकी छन् । उनी अहिले पुर्ण रुपमा गृहणी जिवन बिताइरहेकी छन् । तर बेलाबखत उनले फिल्मी क्षेत्रका कलाकारहरुसंग भने भेटघाट गर्छिन ।

१२ वर्ष देखि उनी भारतको मथुरा बस्छिन् । आशुतोष भारद्धाजसंग मथुरा बस्छिन् । उनी अहिले १२ वर्षका छोराको आमा पनि हुन् । उनले नेपालमा करिब एक सय चलचित्रमा काम गरेकी छन् । भारतमा पनि कोरोना फैलिएका कारण भारतले थप खतरा हुन नदिन भारतले लकडाउनको निर्णय गरेको हो । विपनाका श्रीमान पेशाले चिकित्सक हुन् । त्यसैले पनि उनीहरुले लकडाउनलाई निकै कडाईका साथ पालना गरेका छन् ।

लकडाउनका कारण उनीहरुले ४ जना घरेलु कामदारलाई विदा दिएका छन् । केही महिना अघि बिरामी भएर रेष्ट गरिरहेकी विपनालाई लकडाउनसंगै घरको काम आफै गर्नुपरेको छ । उनले कहिल्यै घरभित्रका काम त्यसरी सबै गरेको अनुभव भने थिएन । केही दिन तर घरभित्रको काम गर्दा रमाइलो लागेको थियो । केही दिनमै घरमा गर्नुपर्ने धेरै काम सकिए अब के गर्ने ? उनलाई अब भने निकै सकस भइरहेको छ ।

लकडाउनका क्रममा भारत सरकारले निकै राम्रो काम गरिरहेको उनको अनुभव छ । सरकारले आफ्ना नागरिकलाई घरवाट बाहिर ननिस्किउन भनेर निकै काम गरीरहेको छ । गेटमै घरमा के सामान चाहिन्छ भनेर सोध्न आउँछन् लिष्ट लिएर जान्छन् अनि सामान बोकेर ल्याउँछन् । उनले आफ्नो माइती देश नेपालमा रहेका सबैलाई लकडाउनको समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्न र सरकारको निर्देशन पालना गर्न अनुरोध गरेकी छन् ।

उनले आफु मेहनत गर्न निकै मन पराउने भएपनि घरभित्रको भान्छामा गरिने काम भने कहिल्यै नगरेका कारण लकडाउनका समयमा सबै काम गर्नुपर्दा केही दिन अप्ठेरो महशुष गरेको बताएकी छन् । उनले विस्तारै सबै घरको काम पनि सिक्दै गएको अनुभव सुनाएकी छन् ।

Related Articles

Back to top button
Close