समाचार

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

काठमाडौं, १९ बैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । गायिका अधिकारीकाे गएराति ८४ वर्षको उमेरमा निधन भएको हो ।

रानुदेवी कांग्रेस नेतृ नोना कोइरालाकी बहिनीसमेत हुन । उनले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

उनले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन । रानुदेवीको जन्म १९३६ नोभेम्बर २७ मा वीरगञ्जज भएको थियो । उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो ।

२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि काठमाडाैँ आएर सिंहदरबारबाट अधिकारीले केही गीतहरु गाएकी थिइन्। त्यसपछि कोलकत्ता गएर ६ वटा गीतहरू रेकर्ड समेत गरेकी थिइन् ।

२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि काठमाडाैँ आएर सिंहदरबारबाट अधिकारीले केही गीतहरु गाएकी थिइन्। त्यसपछि कोलकत्ता गएर ६ वटा गीतहरू रेकर्ड समेत गरेकी थिइन् ।

Related Articles

Back to top button
Close