समाचार

६० वर्षीय पुरुषमा तीनपटकको परीक्षणपछि कोरोना सं क्रमण पुष्टि

नेपालगन्ज : बाँकेको नेपालगन्जको एकलैनीस्थित फुलबारी मस्जिदमा एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुधबार दिउँसो कोरोना जाँचका लागि स्वाब संकलन गरिएका ६० वर्षीय पुरुषमा भेरी अस्पतालको कोरोना प्रयोगशालामा पीसीआर प्रविधिबाट जाँच गर्दा कोरोना संक्रमण पाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कोरोना संक्रमित व्यक्तिको बिहीबार राति नै पहिलो जाँचमा कोरोना संक्रमण पाइएको थियो । त्यसपछि लगातार दुई पटकको परीक्षणमा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पतालको कोराना प्रयोगशालाले भेरीफिकेसन ल्याबको मान्यता पाएकाले यहाँबाट अर्को प्रयोगशालामा पुनः परीक्षणका लागि पठाउनु पर्दैन । फुलबारी मस्जिदमा ११ जनाको कोरोना परीक्षण गरिएकोमा ९ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

संक्रमित पुरुषलाई दिउँसो नै खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रुपन्देहीमा कोरोना संक्रमित भएका २५ वर्षका युवाको भने सुरुमा बुधबार भैरहवामा पीसीआर प्र्रविधिमा कोराना परीक्षणमा पोजेटिभ भेटिएपछि बिहीबार केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षणमा कोरोना पोजेटिभ भएको पुष्टि गरिएको हो ।

प्रदेश ५ मा शुक्रबार एकै दिन दुई ठूला सहरमा पहिलो पटक दुईजनामा कोरोना संक्रमण पाइएको हो । यहाँ सुरक्षा व्यवस्था मजबुत पारिएको छ।

Related Articles

Back to top button
Close