समाचार

ताप्लेजुङको फुङलिङमा आगलागी, १० घर जले

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा आगलागी भएको छ। आगलागीबाट अहिलेसम्म करिब १० घर जलेका छन्। बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ।

दक्षिणीतर्फ भने राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुङ्गानाको दुध डेरी आशिकरुपमा भत्काई आगो नियन्त्रमा लिने प्रयास गरिएको छ। फुङलिङ नगरपालिकाको दमकलले यो समाचार तयार पार्दासम्म आगो नियन्त्रमा लिने प्रयास जारी राखेको छ। अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरमा लागेको आगो दमकलले नियन्त्रमा लिने प्रयास गरिरहेको छ।

Related Articles

Back to top button
Close