समाचार

म*जदु*री गर्न भारत गएका सल्यानका एक युवाकाे डें*गुका कारण मृ*त्यु

असोज ४, सल्यान । म*जदुरीका लागि भारत गएका सल्यानका एक युवककाे डें*गु राेगका कारण मृ*त्यु भएकाे छ । भारतकाे राजकोटमा मजदुरका लागि पुगेका बनगाड कुपिण्डे नगरपालिका -७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीकाे मृ*त्यु भएको हाे ।

डेंगु संक्र*मित भएपछि उनकाे भारतको राजकोट अस्पतालमा २ हप्ता देखि उपचार भैरहेको थियो । ५ महिना अघि मज*दुरीको लागि उनि भारतको राजकोट पुगेको पारिवारिक श्राेतले जनाएकाे छ । त्यहाँ उनले हाेटलमा काम गर्थे । उपचारकै क्रममा गएराती मृ*त्यु भएको उनका आफन्त खुमबहादुर सार्कीले जानकारी दिएका छन ।

आफ्ना आमा बुवा देखि छुट्टीएर अलग बसेका नोखिरामका २ वर्षीया छोरी र श्रीमति छन् । उनकाे शवलाइ रकमको जोह गरि नेपाल ल्याउने तयारी भैरहेको लोकराज नेपालीले जानकारी दिएका छन ।

Related Articles

Close