समाचार

बैदेशिक रोजगारीको नाममा करोडौं रकम ठगि गर्ने विनोद भुसाल पक्राउ

कपिलवस्तु, बैदेशिक रोजगारीमा लैजान्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ हरिहरपुरका विनोद भुसाल आइतबार विहान पक्राउ परेका हुन् । भुसालमाथि बैदेशिक रोजगारीमा लैजान्छु भन्दै दर्जनौं व्यक्तिलाई करोडौं रुपैयाँ ठगेको आरोप थियो ।उनी पछिल्लो समय प्रहरीको फरार सूचिमा थिए । हालै मात्र जिल्ला प्रहरी कार्यालय दाङमा उनीमाथि अनलाइनबाट रकम ठगि गरेको उजुरी परेको थियो । उक्त उजुरी उपर इलाका प्रहरी कार्यालय पिपराले भुसालमाथि सुक्ष्म अनुसन्धान गरिरहेको थियो ।

कपिलवस्तु, गुल्मी, पोखरा, मुस्ताङ लगायतका स्थानमा उनी छन् भन्ने आधारमा उनलाई इलाका प्रहरी कार्यालय पिपराले अनुसन्धान गरिरहेको थियो । यी जिल्लाका सर्वसाधारणबाट उनले रकम ठगि गरेको आरोप छ । उनलाई खोज्न प्रत्येक जिल्लामा दुई दुई जना सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान गरिरहेको अवस्थामा आइतबार विहान चारनम्बर क्षेत्रबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आइतबार नै जिल्ला प्रहरी कार्यालय दाङको जिम्मा लगाउने तयारी भैरहेको छ ।उनीमाथि गुल्मी, पोखरा, मुस्ताङका विभिन्न व्यक्तिबाट उनले रकम ठगि गरेको आरोप छ ।

उनले अमेरिका र युरोपियन मूलुकका विभिन्न देशमा पठाउँने भन्दै ठग्दै आएका थिए ।पछिल्लो समय रकम ठगिबाटै करोडौं रकमका मालिक बन्न पुगेका उनले अनलाइनबाट बैदेशिक रोजगारीमा पठाउँछु भन्दै धन्दा चलाइरहेका थिए भने कतिपयलाई प्रत्यक्ष भेटेर रकम बुज्ने गरेका थिए । उनले आधिकारीक रुपमा दर्ता गरेर म्यानपावर सञ्चालन गरेको पाईदैन् । म्यानपावर एजेन्टको रुपमा काम गर्दै आएका उनी अन्नतः आइतबार प्रकाउ परेका छन् ।

Related Articles

Back to top button
Close