समाचार

क श्मिरमा भि डन्त : सेनाका क र्णेल र मे जरसहित पाँच सुर क्षाकर्मीको मृ त्यु

कश्मिर । उत्तरी कश्मिरको हन्दवाडामा आ तंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुर क्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृ त्यु भएको छ ।

आ तंकवादी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आ क्रमण गरेका थिए । आतं कवादीले घरका सदस्यलाई बन्धक बनाएका थिए । उनीहरुको उ द्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भि डन्त सुरु भएको थियो । मारिनेमा कर्णेल आशुतोषको साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् । त्यस्तै, प्रह रीका सब–इन्सपेक्टर सकिल काजीले पनि घट नामा ज्यान गुमा एका छन् । सुर क्षाबलले बन्धक बनाइएका घरका सदस्यहरुको उ द्धार गरेका छन् ।

कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए भने इलाहाबादका वासिन्दा रहेका थिए ।

यस वर्ष जनवरीदेखि अहिलेसम्म जम्मू–कश्मीरका अलग–अलग क्षेत्रमा भएको मु ठभेडमा ६२ भन्दा बढी आ तंकवादी मा रिएका छन् ।

Related Articles

Back to top button
Close