समाचार

लकडा उन मोडालिटी : कृषि र मालसामान ढु वानीमा लक डाउन हटा उने, सावधानीसाथ उद्योग सञ्चालन, यातायातको ब न्देज कायमै

उच्चस्तरीय समितिको मंगलबारको बैठकले सरकारलाई सिफारिस गर्ने
काठमाडौँ — कृषि, उत्पादनमूलक उद्योग, अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्री र पूर्वाधार निर्माणमा रोक नलाग्ने गरी लकडाउनको नयाँ ढाँचा तयार पारिएको छ । कोभिड–१९ सं क्र मण नदेखिएका जिल्लामा आगामी २६ गतेदेखि लकडाउन खुकुलो पार्न नयाँ ढाँचा बनाइएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार ९ वटा मन्त्रालय र चारवटै सुरक्षा निकायका अधिकारी सम्मिलित अनौपचारिक बैठकमा लकडाउनको नयाँ ढाँचाबारे छलफल भएको थियो । मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गठित समितिले बैठकमा वैशाख २६ गतेबाट लकडाउनको स्वरूपमा फेरबदल हुने गरी प्रस्ताव पेस गरेको थियो । ‘कोभिड–१९ सं क्रमण नदेखिएका जिल्लामा लकडाउन खुकुलो हुने गरी खाका तयार भएको छ, यसलाई उच्चस्तरीय समन्वय समितिले मंगलबार अनुमोदन गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछ,’ बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरसँग भने ।

सुरक्षा अधिकारीहरूले संक्रमण देखिएका जिल्ला र भारतीय सीमा क्षेत्रलाई ‘रेड जोन’ घोषणा गर्न सुझाव दिएका छन् । संक्रमण नदेखिएका हिमाली र पहाडी जिल्लाभित्र आन्तरिक आवागमन खुकुलो बनाउन प्रस्ताव गरिएको छ । कृषिबाली लगाउने समय भएकाले पनि लकडाउन लचिलो बनाउन लागिएको एक अधिकारीले बताए ।

भारतले नेपालसँग सीमा जोडिएका १६ जिल्लालाई ‘ग्रिन जोन’, ६ जिल्लालाई ‘अरेन्ज जोन’ र १ जिल्लालाई ‘रेड जोन’ घोषणा गरेको छ । यताका सुरक्षा निकायका प्रमुखहरूले भने आवागमन ठप्प बनाउन तराई/मधेससहित दक्षिणतर्फका सबै जिल्लालाई रेड जोन घोषणा गर्न सुझाव दिएका छन् ।

सोमबारको बैठकमा सहभागी अधिकारीका अनुसार ७७ वटै जिल्लालाई उच्च जोखिम, जोखिम र सामान्य गरी तीन तहमा विभाजन गरेर त्यहीअनुसार कृषिउपज, पशुपालन, उत्पादनमूलक उद्योग, दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण, भण्डारण तथा ढुवानीमा खुकुलो बनाइनेछ । विद्यालय, चलचित्र घर, भीडभाड हुने बजार, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा भने अहिले लगाइएको रोकलाई नै निरन्तरता दिइने ती अधिकारीले बताए । डेढ महिनादेखि बन्द रहेका होटल/रेस्टुराँ आन्तरिक रूपमा सञ्चालन गरेर होम डेलिभरी गर्न भने अनुमति दिन सकिने गरी खाका बनाइएको छ । होटल/रेस्टुराँ ग्राहक राखेर सञ्चालन गर्न पाइने छैन । लकडाउन खुकुलो पारिने क्षेत्रमा स्वास्थ्य सावधानी अपनाउनुपर्नेछ ।

चैत ११ गतेबाट लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प छ । सरकारले विकल्प नदिई लकडाउन बढाउँदै लगेको भन्दै आलोचना पनि हुन थालेको छ ।

३ सय ८० बीओपी थप्ने तयारी

गृह मन्त्रालयले दक्षिणतर्फ सशस्त्र प्रहरीका थप ३ सय ७८ बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को स्थायी संरचना राख्ने गरी विस्तृत खाका पेस गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाले सोमबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर प्रभावकारी रूपमा सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि थप जनशक्ति र युनिट राख्ने गरी योजना मागेका हुन् ।

Related Articles

Back to top button
Close