समाचार

नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप, प्रहरीको गाडी तोडफोड

बाँके । नेपालगञ्जमा प्रहरी र बासिन्दाबीच झडप भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा बजार बन्द गराउने क्रममा मंगलबार बिहान प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको हो ।

झडपमा व्यापारी समूहले वडा प्रहरी कार्यालयको गाडी तोडफोड गरेका छन् । व्यापारीले गाडीको सिसा फुटाइदिएको प्रहरीले जनाएको छ । प्रहरीले लकडाउन कार्यान्वयनमा जुटिरहृको छ । त्रिवेणी मोडमा खाद्यान्न व्यापार गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै प्रहरीमाथि हातपात गरेका थिए । सुरक्षाकर्मीलाई हातपात गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न लाग्दा अन्य व्यापारीले अवरोध पुर्याउन खोज्जे, त्यहीकारण प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको हो ।

प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले लकडाउन उल्लंघन गरेका गुप्तालाई पक्राउ क्रममा दुई पक्षबीच सामान्य झडप भएको जानकारी दिनुभयो । प्रशासनले नेपालगंज उपमहानगरपालिकाका विभिन्न बजार मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गते रातिसम्मकाे लागि  निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

Related Articles

Back to top button
Close