समाचार

भेडाबाख्रा र फलफूलमा पनि कोरोना !

काठमाडौं । तान्जानियामा बाख्रा, भेडा र सीताफलमा समेत कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरस परीक्षण गर्ने किटको गुणस्तर मापन गर्ने क्रममा लिइएको बाख्रा, भेडा र सीताफलको नमूना परीक्षणमा समेत कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना परीक्षण किटले जनावर र फलफूलमा समेत कोरोना संक्रमण देखाएपनि कोरोना नभएका मानिसमा पनि कोरोना पोजेटिभ देखिएको हुन सक्ने आशंका गरिएको छ ।

तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले कोरोनाभाइरस परीक्षण गर्ने आयातित किट विश्वसनिय नभएको बताउनुभएको छ । परीक्षणका क्रममा प्राविधिक त्रुटिहरू भएको उहाँले बताउनुभयो ।

उहाँले परीक्षण किटको गुणस्तर नाप्नका लागि तान्जानियाका सुरक्षाफौजलाई आदेश दिनुभएको थियो । सोही आदेशअनुसार किटबाट मानवेतर स्याम्पल लिने क्रममा सीताफल, बाख्रा र भेडाको पनि नमूना लिइएको थियो । प्रयोगशालामा ती स्याम्पल परीक्षण गर्दा पोजिटिभ देखिएको बताइएको छ ।

Related Articles

Back to top button
Close