समाचार

कोरोनाले साउदीमा कटुवालको मृ त्यु : भेन्टिलेटरबाटै गरेका थिए ७ दिनअघि अ न्तिम भिडियो कल

इटहरी : कोरोना सं क्रमणबाट साउदी अरबमा कार्यरत इटहरी-५ का लिलामान कटुवालको मृ त्यु भएको छ। ५१ वर्षका कटुवाल एक वर्षअघि छोराको ब्रतबन्धमा नेपाल आएर फर्केका थिए।

साउदीमा रहँदा कोरोना सं क्रमण भएपछि उनले परिवारलाई सो बारे जानकारी दिएका थिए। १६ दिनअघि सं क्रमित भएको थाहा दिएका उनले ७ दिनअघि अन्तिम पटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए। त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ। पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृ त्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो।

मृ तक कटुवालको श व नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबारदेखि सुरु गरिएको । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन्। छो री अन्जुले बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट गरेकी छन्।

Related Articles

Back to top button
Close