समाचार

को रोनाले नेपाल भारत सिमा मा सदाको लागी ता रबार लगाएर ब न्द गर्ने अ बसर दिएको छ , सिमा मा ता रबार गरौ : गु रुङ

काठमाडौँ — नेकपाका प्रमुख सचेतक देव गु रुङले सीमामा कडाइ गरेर मात्रै कोरोना भाइरस(कोभिड–१९) को सं क्रमण रोकथाम तथा निय न्त्रण हुने बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकारी समितिको बैठकपछि सञ्चा रकर्मीसँग कुरा गर्दै सीमामा कडाइ नगरी कोरोना निय न्त्रण गर्न कठिन हुने बताएका हुन् ।

सीमानाकाबाटै कोरोना भाइरसको सं क्रमणको जोखिम निम्तिएकाले कडाइ गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् । ‘सीमामा टाइट नगरे त्यही नै हाम्रो निम्ति जोखिम र अभि शाप सावित हुनेछ,’ उनले भने, ‘ता रबार लगाएर सीमा ब न्द गर्नै पर्छ ।’ त्यस्तै उनले खासखास नाका मात्र खुला एर सीमामा पा सपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने कोरोना सं क्रमणको परिघटनाले सन्देश दिएको बताए ।

प्रमुख सचेतक गुरुङले सीमा सुरक्षामा नेपाली सेना नै खटाउनुपर्ने पनि बताएका छन् । ‘सीमामा सशस्त्र प्रह री र आन्तरिक सुरक्षामा नेपाली सेना खटाइनु अलि उल्टो भयो कि भन्ने लाग्छ,’ गुरुङले भने ।

त्यस्तै आरडीटी प रीक्षण वि श्वसनीय नभएको भन्ने गुनासो आइरहेकाले यसमा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिनुपर्ने गुरुङले बताए । कोरोना भाइ रसको महामारीका बेलामा अन्य रोगका बिरामीको उपचारमा बेवास्ता गरिएको भन्ने गुनासो आएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने गुरुङले बताएका छन् । कोरोना भाइरसको रोकथाम र उपचारमा निजी अस्पतालले तदारुकता नदेखाएको भन्दै यसले निजी अस्पताललाई पनि राष्ट्रियकरण गर्नुपर्छ भन्ने सन्देश दिएको उनले बताए ।

त्यस्तै विदेशमा अल पत्र परेका नेपालीलाई पनि अनु कुल समयमा स्वदेश फर्काउन सरकार तयार हुनुपर्ने गुरुङले बताएका छन् । सर्वोच्च अदालतले समेत विदेशमा अ लपत्र नागरिक ल्याउने प्र बन्ध गर भनेर अन्तरिक आदेश दिएको अवस्थामा सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले बताए ।

पछिल्ला कदमले कोरोना भाइरस रोक थाम र निय न्त्रणमा सरकार ग म्भीर छैन कि भन्ने प्रश्न उठेको पनि गुरुङले बताए । कोरोना भाइरसको महामारी रोकथाम र नि यन्त्र णमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेलामा यससँग सरोकार नै नभएका अध्यादेश ल्याउन खोज्नु गलत भएको उनले बताए । अध्यादेश फिर्ता भए पनि महामारीप्रति सरकार कति ग म्भीर छ भन्ने सवाल भने उठेको उनले दाबी गरे ।

त्यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको कुरामा पनि छानबिन हुनुपर्ने उनले बताए । Ekantipur बाट साभार

Related Articles

Back to top button
Close