समाचार

भा रतका ए सएसबी र गा उँलेको कु टपि टबाट १२ नेपाली घा इते

वीरगन्ज : बारा स्थित नेपाल भारतको सीमा नाका दशगजामा मङ्गलबार बिहान भारतका सुर क्षाकर्मी, गाउँले र नेपालीबीच झ डप भएको छ । बाराको विश्रामपुर गाउँपालिका ४ बलिरामपुरसँग सीमा जोडिएको नेपाल भारत सीमाक्षेत्रको दशगजामा भएको झ डपमा १२ जना नेपाली घा इते भएका छन् ।

वडा अध्यक्ष मदन यादवका अनुसार झडपमा भारतीय एसएसबी र भारतीयको कु टपिटबाट १२ जना घा इते भएका हुन् । उनीहरुमध्ये २ जनालाई गम्भीर चोट लागेको र अरु भने सामान्य घा इते भएको वडा अध्यक्ष यादवले जानकारी दिए ।

बलिरामपुरका छोटेलाल साहले दगशजा छेउमै रहेको आफ्नो खेतमा मङगलबार बिहान काम गरिरहेका बेला पारीबाट आएका एसएसबीले उनलाई कु टेका थिए । गाउँका नेपाली किसान कु टिएपछि प्रतिवादका लागि दशगजा क्षेत्रमा गएका बलिरामपुरका स्थानीयको समुहमाथि भारतीय एसएसबीले अन्धा धुन्द लाठी चार्ज गरेका थिए ।

त्यसक्रममा सीमावर्ती भारतीय गाउँ सहदेवाका भार तीयले पनि नेपालीमाथि ढु ङ्गा मुढा गरेको वडा अध्यक्ष यादवले बताए । प्रतिकारमा यताबाट पनि नेपालीले ढुङगामुढा गरेको यादवले जानकारी दिए । यसअघि सोमबार साँझ दगशजामा रहेको आफ्नो तरकारी बारीमा गएका बलिरामपुरका एक किसानले बारीबाट तरकारी टिपेर दशगजा क्षेत्रमा राखेका थिए ।

त्यसैको निहुँमा एसएसबीका जवानले ती किसानलाई कु टपिट गरेका थिए । नेपाली किसान कुटिएपछि आ क्रोशमा आएका बलिरामपुरका ३-४ जना युवाले पनि सोमबार बेलुकी सीमा नाकामा गएर एसएसबीका जवानलाई कु टेपछि विवाद सुरु भएको थियो । त्यही विवादका कारण सीमा क्षेत्रमा तनाव भई मङ्गलबार बिहान बलिरामपुरका स्थानीय र भारतीयबीच झडप भएको हो ।

तनावपछि सीमा क्षेत्रमा दुबै देशका गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिती नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले भने मङ्गलबार बिहान भारतको सहदेवा र बाराको बलिरामपुरका स्थानीयवासी झ गडाका लागि जम्मा भएकोमा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएर झ डप हुन नदिएको दाबी गरे ।

Related Articles

Back to top button
Close