समाचार

भर्खरै आयो दुखद समाचार : सचेतनाको लागि सक्दो शेयर गरौ

रोकिराखेको ट्रकमा मोटरसाइकल ठो क्किँदा एक युव कको ज्या न गयाे

सप्तरी, २५ वैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरमा आज भएको दु र्घटनामा एक युवकको घट नास्थलमै मृ त्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित सवारी साधन मर्मत गर्ने ग्यारेज अगाडि सडक किनारमा रोकिराखेको ना३ख ६१२६ नंको ट्रक पछाडि ठो क्किएर स८प ५६२९ नंको मोटरसाइकल सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदारको घट नास्थलमै मृ त्यु भएको स्थानीय तारकेश्वर सिंहले जानकारी दिए ।

उनीसँगै मोटरसाइकल पछाडि रहेका सोही ठाउँका २६ वर्षीय तरुण सरदार गम्भीर घा इते भएका छन् । घाइते तरुणलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । उनीहरु बिहानै माछा मार्न घरबाट निक्लिएका स्थानीय रमेश चौधरीले जानकारी दिए ।

Related Articles

Back to top button
Close