समाचार

करिब २०० भा रतीय ले फेरि गरे स शस्त्र प्रहरीको पोष्टमा आ क्र मण

बारा : बाराको सुर्वण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीय नागरिकले बिहीबार दिउँसो आ क्रमण गरेका छन् । लकडाउनको समयमा नेपाल प्रवे श गर्न खोजेका दुई भारतीय नागरिकलाई सश स्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय नागरिकले स शस्त्र प्रहरीको पोष्टमा आ क्रमण गरेका हुन् ।

नेपालतर्फ प्रवेश गर्न खोज्ने दुईजनालाई सशस्त्र प्रहरीले सीमाबाटै फर्काएपछि करिब एक सयको संख्यामा आएका भारतीय नागरिकले प्रहरी पो ष्टमा क्षति पुर्‍याएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए।भारतीय नागरिकले आ क्रमण गर्न थालेपछि स्थिति नियन्त्र णमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

‘सीमा पारीबाट नेपालतर्फ आउन खोज्नेलाई रोकेर फर्काएपछि एक सयको संख्यामा भारततर्फका नागरिक आएर तो डफोड गर्न सुरु गरे,’ सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले भने, ‘अस्थायी पोष्टमा सामान्य क्षति भएको छ । हामीले स्थिति निय न्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेका हौं।’

सीमामा खटिने भारततर्फका सीमा सुरक्षा बल (एसएसबी)को समवन्यमा नभएर जब रजस्ती नेपाल प्रवेश गर्नेलाई रोक्न खोज्न स्थिति केहीबेर त नावपूर्ण बनेको सुवेदी बताए । केहीबेरको त नावस्थित अहिले स्थिति सामान्य बनेको सुवेदीले जानकारी दिए।’अहिले स्थिति सामान्य भइसक्यो ।क्षति पुगेको पोष्ट उनीहरुले नै बनाइदिने भएका छन्,’सुवेदीले भने ।

कोरोना सं क्रमण फैलन नदिन दुबै देशका सरकारले सीमा क्षेत्रमा कडाई गर्न निर्देशन दिएका छन् । तर खुल्ला सीमाको फाइदा उठाउँदै दुवै देशका नागरिकले आवतजावत गर्न खोज्दा सुरक्षाकर्मीसँग विवाद हुने गरेको छ ।

दुई दिनअघि बाराको बिश्रामपुर ४ बलिरामपुरमा खेतमा गएका स्थानीयलाई भारतीय एसएसबीका जवानले रोकेपछि स्थिति तनाव पूर्ण बनेको थियो।

Related Articles

Back to top button
Close