समाचार

चितवनमा प्रहरी र स्थानीयबीच झ’डप, प्र हरीद्वारा दुई रा’उन्ड ह’वाईफायर

चितवन : पुर्वी चितवनकाे राप्ती नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राती प्रहरी र स्थानीयबीच झ’डप हुँदा प्रहरीले दुई रा’उन्ड ह’वाईफायर गरेको छ । राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित चौ’कीडाँडामा गा’जा त’स्करलाई प्रहरीले सं’रक्षण गरेको भन्दै आ’क्रोशित बनेका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले दुई रा’उन्ड ह’वाईफायर गर्नुपरेको प्रहरीले जनाएको छ । यता, स्थानीयले भने प्रहरीकै मि’लेमतोमा गाँ’जा ओ’सारपसार हुने गरेको आ’रोप लगाएका छन् । यस बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

More…..

कतारबाट पठाइयो फर्काइएका ९४ जना नेपाली कामदारहरुको तलब

काठमाडौँ । कतारबाट नेपाल फर्काइएका कामदारहरुले पाउने बाँकी तलब पठाइएको छ । कतार सरकारले गएको मार्चमा नेपाल फर्काएका ९४ जना कामदारहरुले पाउन बाँकी रहेको तलब पठाइएको हो ।

दोहास्थित नेपाली दूतावासका अनुसार विभिन्न कारणले कतारका अल ब्यान्डरी ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा कार्यररत ८४ जना कामदारले पाउनु पर्ने बाँकी तलब कतारी रियल ३ लाख ४६ हजार ३ सय २० र आल्मुनियम गल्फ कम्पनीमा कार्यररत १० जनाले पाउनु पर्ने बाँकी तलब कतारी रियल २६ हजार ८ सय १ गरेर जम्मा कतारी रियल ३ लाख ७३ हजार १ सय २१ ( नेपाली करिब १ करोड २३ लाख ९४ हजार ) नेपाल पठाइएको हो ।

उक्त रकम राजदूतावासको समन्वयमा ती कम्पनीबाट प्राप्त गरेर सम्बिन्धत कामदारले कन्सुलर विभाग काठमाडौँमा पठाइएको हो ।

Related Articles

Back to top button
Close