रोचक

कोरोनाभाइरसः खुसीको खबर आउँदैछ…

काठमाडौं। बन्द विश्वको बीचमा हजारौं अशुभ खबरहरु आइरहेका छन् । तर, यी अशुभ खबरहरुको बीचमा खुसीको खबर पनि आउँदैछ । यद्यपि यो खुसीको खबर सबैभन्दा पहिले इजरायलबाट आउँछ, इटली, बेलायत, अमेरिका वा चीनबाट ? यो भने भन्न सकिने अवस्था छैन । तर, खुसीको खबर आउने वाला भने छ ।

सासमा पहरा लगाइरहेका मास्क, मुटुलाई मुटुसँग र हातलाई हातसँग छुन निषेध गरिरहेका पञ्जाहरु, डेढ मिटर दूरीमा रहेका सम्बन्धहरु, सुनसान सडकहरु, रंग उडेको बजार यी सबैलाई प्रतिक्षा छ । यस्तो सुईको प्रतिक्षा छ जो मानव शरीरको नशामा पुगेपछि कोरोनाभाइरस बाहिर निस्केर जाओस् । विश्वका कैयौं वैज्ञानिक टिम त्यो भ्याक्सिन बनाउन जुटेका छन् जुन भ्याक्सिनको पूरै विश्वले प्रतिक्षा गरिरहेको छ ।

अहिले यो प्रयासमा बेलायत, अमेरिका, चीन, इजरायल, इटली, जापान, स्पेन, जर्मनी अगाडि देखिएका छन् । यी सबै देशहरुमध्ये पनि अहिले सबैभन्दा अगाडि इजरायल देखिएको छ । इजरायलले भर्खरै आफूले कोरोनाभाइरसलाई बेअसर गर्नको लागि भ्याक्सिनभन्दा पनि प्रभावकारी एन्टिबडी बनाएको दावी गरेको छ ।

इजरायलले आधिकारिक रुपमा कोरोनाभाइरसको अन्त्य गर्न सक्ने उपचारको खुलासा गरेर विश्वको आँखामा आशाको किरण दिएको छ । इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटका अनुसार इजरायल इन्स्टिच्युट अफ बायोलोजिकल रिसर्च अर्थात आइआइबीआरले कोरोनाभाइरसलाई प्रभावहीन बनाउने मोनोक्लोनल एन्टिबडीलाई मानव शरीरबाट अलग गर्न सफलता हासिल गरेको छ ।

इजरायलको रक्षा मन्त्रालयले आधिकारिक रुपमै दावी गरेको छ कि आइआइबीटीले ‘ग्राउण्ड ब्रेकिङ साइन्टिफिक डेभलपमेन्ट’ पूरा गरेको छ र यो प्रयोगशालाले मानव कोशिकाबाट एन्टिबडीलाई अलग गरेर चमत्कार गरेको छ । यसबाट अब त्यो एन्टिबडी जसले कोरोनाभाइरसलाई प्रभावहीन बनाउँछ, त्यसलाई मानव शरीरमा सिधै पठाउन सकिनेछ । यसबाट कोरोना फैलिनबाट रोक्न त सकिन्छ नै, भाइरसको संक्रमण भइसकेका बिरामीको ज्यान पनि बचाउन सकिनेछ ।

इजरायलको आइआइबीटीले यसको लागि अलग अलग प्यारामिटरमा काम गरेको छ । जस्तै, मोनोक्लोनल एन्टिबडी रिफाइण्ड हो र यसमा नोक्सानी पुर्याउने प्रोटिनको मात्रा कम छ । मानव शरीरको लागि मोनोक्लोनल एन्टिबडी प्लाज्मा थेरापीभन्दा धेरै सुरक्षित छ । मोनोक्लोनल एन्टिबडीले शरीरभित्र प्रवेश गरिसकेको भाइरसलाई बेअसर गर्ने मात्र नभइ मार्न पनि सक्छ ।

इजरायलले निकै ठूलो परिमाणमा प्रयोगशालामा परीक्षण गरेको छ र यो धेरै हदसम्म सकारात्मक छ । रिसर्च जारी छ र छिटै यसको पेटेन्ट गराएर उत्पादन सुरु गरिनेछ । यी सबै प्रक्रियामा ६ महिनादेखि १ वर्षसम्मको समय लाग्न सक्छ ।

इजरायलले अहिले भ्याक्सिन बनाइरहेको छैन बरु उसले त भ्याक्सिनभन्दा २ कदम अगाडिको चीज बनाइरहेको छ । भ्याक्सिन ती व्यक्तिहरुको लागि कुनै काम हुँदैन जो यो भाइरसबाट संक्रमित भइसकेका छन् । तर, मोनोक्लोनल एन्टिबडीबाट ती संक्रमित भइसकेकाहरुको पनि उपचार हुन सक्छ । त्यसो भए के यो भ्याक्सिनको विकल्प हो ? जानकारहरुका अनुसार यसो भन्नु पूर्ण रुपमा गलत हुँदैन । तर कमसेकम त्यतिबेलासम्म जबसम्म कोरोनाको भ्याक्सिन बन्दैन, मोनोक्लोनल एन्टिबडी उक विकल्प हुन सक्छ ।

के हो मोनोक्लोनल एन्टिबडी ?

मानौं, ३ जना व्यक्ति छन् । पहिलो व्यक्ति संक्रमित छन् र उनमा कोरोनाभाइरस संक्रमण भएपछि देखिने सबै लक्षणहरु देखिएका छन् । दोस्रो व्यक्तिमा पनि संक्रमण छ तर उनी एसिम्प्टोम्याटिक छन् अर्थात उनीमा लक्षण देखिएको छैन । अर्थात संक्रमित भएर पनि उसलाई थाहै छैन । तेस्रो व्यक्तिलाई तीन हप्ता पहिले संक्रमण भएको थियो तर दुई हप्तापछि उसको शरीरले कोरोनाविरुद्ध एन्टिबडी बनाउन सुरु गर्यो । अहिले तेस्रो व्यक्तिको रोग प्रतिरोधी शक्ति यति बलियो भइसकेको छ कि उनको शरीरले कोरोनाभाइरसलाई असरहीन बनाइसकेको छ ।

अर्थात ३ फरक फरक व्यक्तिमा कोरोनाभाइरसले फरक फरक तरिकाले प्रतिक्रिया देखाइरहेको छ र विश्वमा अहिले यी तीन किसिमकै मानिसहरु छन् । जुन क्षेत्रमा तेस्रो व्यक्ति जस्ता इम्युन सिस्टम विकसित भइसकेका व्यक्तिहरु धेरै छन् त्यहाँ यो भाइरस प्रभावहीन छ । किनकि यस्तो अवस्थामा भाइरसको संक्रमण हुँदैन र विश्व यसको चपेटामा पर्दैन । यसैलाई हर्ड इम्युनिटी पनि भनिन्छ । सुरुवातमा बेलायतले पनि यस्तै हर्ड इम्युनिटी हासिल गर्ने प्रयास गरेको थियो तर असफल भयो ।

यो विधिको लोजिक यो हो कि मानिसहरु यो भाइरसविरुद्ध आफैं एन्टिबडी विकास गर्छन् यसबाट उनीहरु इम्युन हुन्छन् अनि यो भाइरस फैलिन रोकिन्छ । तर, कोरोनाभाइरसको साथमा समस्या यो हो कि यो नयाँ किसिमको भाइरस हो । त्यसैले यसले मानव शरीरमा रहेको इम्युन सिस्टमका लागि धेरै समस्या सृजना गरिरहेको छ । त्यसैले अहिलेसम्म कोरोनाभाइरसका कूल संक्रमितहरुमध्ये केवल २ देखि ३ प्रतिशत मानिसहरुको शरीरले मात्र यो भाइरसविरुद्ध एन्टिबडी बनाउन सकिरहेको छ ।

एन्टिबडीले कसरी काम गर्छन् ?

एक भाइरसको लागि सबैभन्दा अहम काम भनेको मानव शरीरभित्र एक कोषको खोजी गर्नु हुन्छ । मानव शरीरमा खरबौं कोषहरु हुन्छन् । यी खरबौं कोषहरुमध्ये भाइरसले कुनै एउटा कोषमा कब्जा गरेर त्यसबाट आफ्नो प्रतिलिपि (कपी) बनाउँछ । यसरी मानिसको पूरै शरीरमा यो भाइरस फैलिन्छ । तर, यदी कसैको शरीरमा कोरोनाभाइरसको एन्टिबडी छ भने त्यो शरीरमा यो भाइरस प्रवेश गर्नै सक्दैन । शरीरमा रहेका एन्टिबडीले भाइरसलाई प्रवेश गर्नुभन्दा पहिल्यै रोकिदिन्छन् ।

मोनोक्लोनल एन्टिबडीले कसरी काम गर्छ ?

यदि कुनै व्यक्तिको शरीरले कोरोनाभाइरस संक्रमित भएपछि एन्टिबडी विकसित गरिसकेको छ भने ती व्यक्तिको शरीरले अब कोरोनाभाइरसलाई बेअसर गर्न सक्छ र भाइरसलाई शरीरबाट बाहिर फ्याँक्न सक्छ । विज्ञानको भाषामा एन्टिबडी एक किसिमको रक्षात्मक प्रोटिन हो जसलाई हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले कुनै बाहिरी भ्याक्सिनको लागि बनाउँछ ।

यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यदि कुनै एक व्यक्तिको रोग प्रतिरोधी शक्ति बलियो छ र उसको शरीरमा एन्टिबडी विकसित भइसकेका छन् भने यी व्यक्तिले ती अन्य संक्रमितको ज्यान बचाउन सक्छन् जसको शरीरमा एन्टिबडी बनेको छैन । यसलाई प्लाज्मा थेरापी भनिन्छ । पछिल्लो समय कोरोनाभाइरस संक्रमणपछि ठिक भइसकेका व्यक्तिको रगतबाट संक्रमितको उपचार गरिएको भनिएको विधि यही हो । यो विधिमा एन्टिबडी बनाइसकेको शरीरको प्लाज्माले अर्को संक्रमित शरीरलाई सहयोग गर्न सक्छ ।

तर, प्लाज्मा थेरापी शतप्रतिशत सफल हुन्छ भन्न सकिने अवस्था भने छैन । यद्यपि अहिलेसम्म यो थेरापीबाट भारत, अस्ट्रेलिया, अमेरिका, जापान र चीनमा कैयौं मानिसहरुको ज्यान बचाइएको छ । यसमा अझै पनि रिसर्च जारी छ । इजरायल ठूलो परिमाणमा संक्रमितको उपचारको लागि प्लाज्मा थेरापी प्रयोग गरिरहेको छ । टाइम्स अफ इजरायलमा छापिएको एक लेखअनुसार ३३ प्रतिशत संक्रमितलाई यो विधिबाट ठिक गरिएको छ ।

Related Articles

Back to top button
Close