समाचार

का लापानी क्षेत्रकाे सुर क्षार्थ स शस्त्रको टोली बस्ने

दार्चुला : कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरी बल ५० नम्बर हेडक्वारटरको टोली यसै हप्तादेखि बस्ने भएको छ। भारतले अतिक्रमित क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेर चर्चा उठेको बेला सशस्त्र प्रहरी बल व्यास गाउँपालिका वडा नम्बर १ छाङ्रुमा बस्न जाने भएको हो। हिमपातका कारण सो वडाको छियालेक र छाङ्रुमा रहेको चौकीका प्रहरी दक्षिणमा रहेको दुम्लिङ सरेको बेला सशस्त्र प्रहरी बल छाङ्रुमा बस्ने गरी जान लागेको ५० नम्बर गुल्मका गुल्मपति डम्मरबहादुर बिस्टले जानकारी दिएका छन्।

‘हेडक्वाटरले बुधबार खलंगाबाट छाङरु जाने गरी तयारी रहन निर्देशन गरेको छ। मौसमले साथ दिए यसै हप्ता हाम्रो टोली छाङरु पुग्ने छ,’ डिएसपी बिस्टले भने। त्रिदेशीय सीमा क्षेत्रमा राज्यको उपस्थिति गराउनुपर्ने अनुभूति सरकारलाई भएको र छाङ्रुमा सशस्त्र प्रहरी कसरी पु¥याउने, कति जना राख्ने, कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन्। ‘हामी छाङरुमा राज्यको उपस्थिति गराउनुपर्छ भन्ने कुरामा प्रस्ट छौं, चाँडै सो क्षेत्रमा उपस्थिति गराउने तयारी भइरहेको छ,’ प्रजिअ पौडेल भन्छन्।

व्यास गाउँपालिकाको वडा नम्बर १ गागामा सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) राख्ने सरकारले यसअघि नै निर्णय गरिसकेको छ। तत्काल गागामा भौतिक संरचना निर्माण गर्न समस्या भएकाले भौतिक संरचना निर्माण नभएसम्म छाङ्रु गाउँमा घर भाडामा लिएर बस्ने तयारी रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। चैत पहिलो हप्ता गुल्मपति बिस्ट कै नेतृत्वमा सशस्त्र प्रहरी बलको एक टोली सो क्षेत्रको वस्तुस्थिति बुझ्न छाङ्रु पुगेको थियो। अहिलेलाई छाङ्रुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाउने तयारी भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

Related Articles

Back to top button
Close