समाचार

थप १३ जनामा को रोना पु ष्टि, नेपालमा कोरोना सं क्रमितको संख्या १३४ पुग्याे

काठमाडौंः नेपालमा थप १३ जनामा कोरोना सं क्रमण पु ष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षणको क्रममा सोमबार साँझ उनीहरूमा कोरोना संक्र मण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी १३ जना रहेका छन् ।

यसअघि सोमबार मात्रै ११ जनामा कोरोना पु ष्टि भएको थियो । यीसँगै आज सोमबार एकैदिन २४ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सं क्रमितको संख्या १३४ पुगेको छ । तीमध्ये ३३ जना निको भइसकेका छ

वीपी प्रतिष्ठानकी एक नर्स आईसुलेसनमा भर्ना

धरान । सुनसरी धरान घर भएकी एक नर्सलाई आईसुलेसनमा भर्ना गरिएको छ । वीपी प्रतिष्ठानको गाइनो वार्डमा कार्यरत स्टाफ नर्सलाई ज्वरो र घाटी दुखेको भन्दै आइसुलेसनमा भर्ना गरिएको हो । त्यस्तै सुनसरी इनरुवाका रोजक मियालाइ पनि आइसुलेसनमा भर्ना गरिएको छ । दुबैको स्वाब परिक्षण गरिएको वीपी कोइराला बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

Related Articles

Back to top button
Close