समाचार

आफू गृह मन्त्री हुदा सि न्को न भाच्ने भिम रावल लाई प्रदिप नेपाल को सुझाब : सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री भएका कसैले पनि लिपुलेक सडकका बारेमा नबोल्नु उचित

काठमाडौं, २८ वैशाख । पूर्वमन्त्री प्रदीप नेपालले सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री भएका कसैले पनि लिपुलेक सडकका बारेमा नबोल्नु उचित हुने टिप्पणी गरेका छन् । उनले लिपुलेक सडकबारे सबैभन्दा बढी प्रतिक्रिया दिनेमा यीनै व्यक्तिहरु अगाडि रहेपछि यस्तो टिप्पणी गरेका हुन् ।

लामो समय कम्युनिस्ट राजनीतिक गरेर पछिल्लो समय साहित्य र लेखनमा केन्द्रित रहेका प्रदीप नेपालले नेकपाभित्रकै पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीहरुले सरकारको आलोचना गर्न थालेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । विशेषगरी पूर्व गृहमन्त्री भीम रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संसदीय समितिमा अप्ठ्यारोमा पार्ने गरी बोलेपछि नेपालले यस्तो धारणा व्यक्त गरेका हुन् ।

भीम रावल पनि सन् २००२ यता गृहमन्त्री भएकामा पर्दछन् । सोही वर्षपछि भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने लिंक रोड निर्माण अगाडि बढाएको थियो । तर, कुनैपनि सरकारले दरिलो रुपमा कुरा नउठाएको भन्दै अलोचना भइरहेको छ ।

Related Articles

Back to top button
Close