समाचार

Breaking: नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेर्क छ । आज (मंगलबार) थप २६ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप २६ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै २१७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

साउदी अरबमा रहेका ६७४ नेपालीलाई कोरोना संक्रमण, एक जनाको ज्यान गयो

काठमाडौं। साउदी अरबमा रहेका ६७४ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन्। साउदीस्थित् नेपाली दूतावासका अनुसार साउदी अरबकाे पूर्वी क्षेत्र (जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ)मा ३३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीह संक्रमित भएका छन्। साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित नेपालीमध्ये ११ जना महिला रहेको दूतावासले जनाएको छ।

Related Articles

Back to top button
Close