मध्य राती नेपालमा २ पटक भूकम्प गयो :यस्तो छ अबस्था
काठमाडौँ । मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । ११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
त्रिशुली नदीमा ३० किलोको माछा भेटियो
धादिङ, २० वैशाख । धादिङ स्यादुलका ३९ वर्षीय रामकुमार चेपाङ ४ वर्षको उमेरदेखी माछा मार्न आफ्ना बाबुका साथ त्रिशुली नदी जाने गर्दथे ।विगतमा बाबुसँग माछा मार्न जाँदा बिगतमा दिनानु दिन त्रिशुली नदिमा प्रशस्त मात्रामा माछा भेटिने गरेको उनको अनुभव छ । बाबुछोरा भएर एक दिनमा झण्डै न्युनतम ३ देखि १० केजी सम्म जाल मार्फत् साना माछा मार्ने गरेको र २÷३ दिनमा बल्छीमा समेत नियमित रुपमा ७० केजी सम्मको ठुला माछा पारेको अझै झलझली याद आईरहन्छ ।दिनभर नदिमा माछा मारेर कहिले गाँउघरमा त कहिले मलेखु बजारमा बिक्रि गरेर उनी घर खर्च चलाउथे ।
चैत महिनाको गर्मी यामदेखी जेठ महिना सम्म उनीहरु माछा मार्नकै लागि त्रिशुली नदी किनारामै समय बिताउँथे । अहिले तिनै रामकुमार चेपाङ ३९ बर्षका भए तरपनी रामकुमारको पेशा भने फेरियको छैन ।रामकुमारको बाबुको मृत्यु भैसक्यो तर रामकुमार चेपाङ कहिले श्रीमती त कहिले छोराका साथ त्यसैगरी माछा मार्नकै लागि त्रिसुली नदि किनारामै जान भने छाडेकै छैनन् ।पछिल्लो समय कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण त्रिसुली नदि आसपासका क्रसर तथा बालुवा प्रशोधन केन्द्र फिरफिरे बन्द हुँदा नदि संग्लीयको देखेपछि रामकुमार चेपाङ छोराका साथ माछा पाईने आसमा फेरी त्रिसुली नदिमा आए ।