समाचार

थप २४ जनामा कोरोना सं क्रमण

३१ वैशाख, काठमाडौं । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

नारायणी अस्पतालबाट भागेका २ मध्ये एक संक्रमित सम्पर्कमा, लिन एम्बुलेन्स पठाइयो

काठमान्डौ , नारायणी अस्पतालको आइसोलेसनबाट भागेका कोरोनाभाइरस (कोभिड– १९)का २ संक्रमितमध्ये एक जना सम्पर्कमा आएका छन् ।भागेका २ मध्ये १ जना सम्पर्कमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।अन्य एकजना भने फरार रहेको र खोजी कार्य जारी रहेको छ ।सम्पर्कमा आएका संक्रमितलाई लिन एम्बुलेन्स पठाइएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।

उनीहरु मंगलबार भर्ना भएका थिए। डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। अहिले अस्पतालमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सहितको टोली, ससस्त्र तथा नेपाली सेनाको टोली खटेको छ ।

Related Articles

Back to top button
Close