समाचार

ब्रेकिङ खवर : तुरुन्तै अतिक्रमण नेपाली भुभाग फिर्ता गर भन्दै

फिदिम : भारतले सीमा अतिक्रमण गरेको विरोधमा नेपाल विद्यार्थी संघ पाँचथरले फिदिम बजारमा मशाल जुलुस निकालेको हो। लकडाउनको प्रवाह नगरी विद्यार्थीहरुले बिहीबार साँझ मशाल जुलुससहित प्रदर्शन गरेका हुन्। जुलुसलाई प्रहरी र सशस्त्र प्रहरीको टोलीले तितरबितर बनाएको थियो।

विद्यार्थीले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी, लिम्पियाधुरा र पाँचथरको फालेलुङको सिमाक्षेत्रमा भारतले कब्जा गरेको जमिन नेपालको हो भन्दै नारा नगाएका थिए।

भारतले पूर्वमा पनि नेपाली भूमि कब्जा

फिदिम : पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको हो।

पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ। एसएसबीले फालेलुङ गाउँपालिका–६ को सन्तकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा आधिपत्य जमाएको छ। उक्त क्षेत्र पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग जोडिएको छ। ‘एसएसबीले नेपाली भूमि कब्जा गरेको छ,’ फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवन राईले भने, ‘एसएसबीसँग हामीले वार्तासमेत ग¥यौं तर हाम्रो क्षमताले भूमि फिर्ता गर्न सकिएन।’

Related Articles

Back to top button
Close