समाचार

काठमाडौंका सात वर्षीय बालक सहित फेरी थपिए ३ जना कोरोना सं क्रमित, सं क्रमितको संख्या २४९ पुग्यो

बिहीबार थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ। बिहीबार दिउँसो पनि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकासहित तीनजनामा संक्रमण पुष्टि भएको थियो। जसमा दुईजना काठमाडौंको चन्द्रगिरी नगरपालिकाका र अर्का नवलपरासीको देवचुली नगरपालिकाका हुन्।

एक वर्षभित्र कोरोना विरुद्धको खोप तयार हुने

एजेन्सी । युरोपियन मेडिसिन एजेन्सीले एक वर्ष भित्र कोरोना भाइरस रोग विरुद्धको खोप तयार हुने दाबी गरेको छ । एजेन्सीले विकास भएका धेरै खोप परीक्षणमा रहेको र योजना अनुसार सफल भएमा अबको एकवर्ष भित्र कोरोना विरुद्ध को खोप तयार हुने बताएको हो ।

इएमए,जैविक स्वास्थ्य जोखिम र खोप रणनीति विभाग प्रमुख मार्काे काभालेरीले योजना अनुसार नै काम भइरहेको र यो क्रम चलिरहेमा एक वर्षभित्र खोप तयार भई प्रयोगका लागि अनुमति प्राप्त समेत हुने बताउनुभयो ।यसैबीच विभिन्न देश प्रमुखले कोरोना विरुद्धको खोप सबैका लागि निशुल्क हुनपर्ने बताएका छन् ।

Related Articles

Back to top button
Close