समाचार

को रियामा स्या ङ्जाका यु वाको सुतेकै अ वस्था मृ त्यु

स्याङ्जा : दक्षिण कोरियामा रहेका स्याङ्जाका एक युवाको सुतेकै अवस्थामा मृ त्यु भएको छ । ७ बर्षदेखि दक्षिण कोरियामा रहेका स्याङ्जाका ३३ वर्षीय खडगबहादुर थापाको मृ त्यु भएको स्याङ्जा परिवार दक्षिण कोरियाका पूर्वकेन्द्रिय सदस्य सुन्दर सुवेदीले जानकारी दिए।

बिरुवा गाउँपालिका-५ किचनास चेप्टेका थापा कोरियाको ख्यङ्जु शहरस्थित एक कम्पनीमा कार्यरत थिए। यही बैशाख २९ गत रातिको डयूटी सकेर आएपछि ९ बजे सुतेका उनी ब्यूँझिएनन् । साँझ ६ बजेसम्म पनि नदेखेपछि साथीहरु खोजी गर्दै कोठामा पुग्दा उनी मृ त भेटिएको सुवेदीले बताए।

ईपीएस प्रणालीमा रोजगारीका लागि कोरिया गएका थापा पहिलो पटकको ४ वर्ष १० महिनाको अवधि पूरा गरी दोस्रो पटक कोरिया गएका थिए। अविवाहित थापाका आमा र २ दाजुहरु छन् । उनको मृ त्युबारेमा अनु सन्धान भइरहेको र शव व्यवस्थापनका बारेमा उनका परिवारसँग छलफल भइरहेका स्याङ्जा परिवार दक्षिण कोरियाले जनाएको छ।

Related Articles

Back to top button
Close