समाचार

खुशीको खबर ! सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने (शक्दो शेयर गरौ)

काठमाडौं, जेठ २ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्शा जारी गर्ने घोषणा गरेको छ । संघीय संसदमा सरकारको आगाी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्शा सार्वजनिक गर्ने घोषणा गरेकी हुन् ।

उक्त क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गर्दै उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्शा जारी गरिनेछ ।’ सीमा व्यवस्थापनका लागि थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने कार्यक्रम पनि उनले सुनाइन् ।

वडाध्यक्ष सूर्य लामा जसले सिमाना मा ५ किलोमीटर तारजाली लगाए

ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् ।ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।

Related Articles

Back to top button
Close