समाचार

गुगलले सगरमाथा चीनको नक्सामा राख्यो, लेख्यो ‘सगरमाथा चीनको पनि’

काठमाडौं : नेपाली भूमि कालापानी, लिपुलेख भारतको नक्शामा रहेको र भारतकै अधिनमा रहेको भन्दै देश विदेशबाट चर्काे आ’लोचना भइरहेको बेला गुगलले अर्को झड्का लगाएको छ । केहि समय अगाडीसम्म सगरमाथा नेपालमै देखाउने गुगलले एकाएक चीनमा देखाएको छ । गुगल म्याप्स हेर्दा सगरमाथा चीनको क्षेत्र भित्र पर्ने देखाएको छ ।

विश्वमै प्रमाणित छ की ८८४८ (८ हजार ८ सय ४८) मिटर रहेको सगरमाथा पूर्णरुपमा नै नेपाली भूभागमा रहेको छ । तर, गुगलले सार्वजनिक गरेको नयाँ नक्सामा सगरमाथालाई नेपालबाट हटाइएको छ । अहिले यो हिमाललाई गुगलले नै नेपालको नक्साबाट हटाएर चीनमा पुर्याएको छ ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राख्दै सगरमाथा चिनमा पर्ने गलत दाबि गरेको थियो। जसको चर्को आ’लोचना भएसंगै पुनः नेपालको उत्तरी भागमा रहेको सर्वोच्च शिखर नेपाल र चिनमा पर्ने बताएका थिए । अहिले यता गुगलले पनि सगरमाथाको बारेमा जानकारी परिवर्तन गरेर नेपाल र चीनमा पर्ने  लेखेको छ । गुगलले चीनलाई थप्नु भनेको सगरमाथा चीनको पनि हो भन्नु नै हो । गुगललाई आधार मानेर अध्यान गर्नेहरुले सगरमाथा चीनको पनि रहेछ भन्ने भ्रम पर्ने देखिएको छ । हेर्नुस यो 

गुगल म्याम्स एक विश्व कै प्रशिद्ध मार्ग निर्देशन गर्ने सफ्टवयर ९-एप्लिकेशन रवेब) हो । यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।

Related Articles

Back to top button
Close