समाचार

भा`रतीय हरु जबर्ज`स्ति नेपाल प्रवेश गर्न खोजेपछी सिमामा तैनाथ स´शस्त्र प्र`हरीले गो-लि चलायो (यस्तो छ अबस्था )

३ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।

जबर्जस्ती नेपाल छिर्न खोजेका भारतीयले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । पछि भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेका थिए ।

केही दिनअघि झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

Related Articles

Back to top button
Close