समाचार

फेरि अर्को कोरोना क्वारे न्टाइनमा रहेका को मृ त्यु प्र माणित हुन बाकी

नेपालगञ्ज – बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु भएको छ ।

नरैनापुरस्थित दिपेन्द्र मावि, भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँले जानकारी दिए ।

उनी बैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा थिए ।गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र विहान ६ बजेर ४० मिनेटको मृत्यु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टोलीले ती युवासहित नरैनापुरबाट हिजो मात्रै २ सय ६३ जनाको स्वाव लिएको थियो ।

नरैनापुरमा आठ जनामा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेको भनिएका तीन सय जनाको स्वाव लिने स्वास्थ्य कार्र्यालयले जनाइसकेको छ ।

स्वास्थ्य शाखाका प्रमुख खाँका अनुसार, अहिले युवाको शव क्वारेन्टाइनमा रहेको छ ।कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।

Related Articles

Back to top button
Close