समाचार

नागढुंगा प्रकरण : स्वा स्थ्यकर्मीमाथि दु र्व्यवहार गर्ने प क्राउ, टुलुटुलु हेरेर बस्ने प्र हरी माथि का रवाही गर्न छा नविन समिति गठन

काठमाडौं । काठमाडौको नागढुंगामा स्वास्थ्यकर्मी नारायण कार्कीलाई खनतलासी र दुर्व्यवहारर गर्ने युवा उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ परेका कार्कीसहितको टोलीलेस्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि खानतलासी गर्दै दुव्यर्वहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियो सार्वजनिक भएसँगै सो कार्यको चौतर्फी विरोध भएको थियो । यसैबीच नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि भएको उक्त घटनाबारे छानबिन गर्न प्रहरीले दुई सदस्यीय छानविन समिति गठन गरेको छ ।

प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक बिष्णुप्रदीप बस्याल सम्मिलित छानबिन समिति गठन गरेर छिटोभन्दा छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको डिआइजी पोखरलको भनाइ छ । पक्राउ परेका कार्की लगायतको टोलीले निर्देशक कार्कीमाथि गुण्डागर्दी शैलीमा खानतलास र दुव्र्यवहार गर्दा पनि नजिकै रहेका प्रहरी कर्मचारी टुलुटुलु हेरेर बसेका थिए ।

Related Articles

Back to top button
Close