समाचार

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, चारैजना भारतको मुम्बैबाट फर्केका थिए

कपिलवस्तु, ६ जेठ । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्लाकाे मायादेवी गाउँपालिका वडा नं ४ का ३ जनामा तथा साेही गाउँपालिका वडा नं ३ का १ जनामा संक्रमण देखिएकाे हाे ।

केही दिनअघि भारतबाट फर्किएर मायादेवी गाउँपालिकाले बनाएकाे जनता प्राविमा रहेकाे क्वाररेन्टाइनमा बस्दै आएका थिए । पीसीअार परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएकाे कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताएका छन् ।

संक्रमितहरू एक जना २० वर्षीय युवक रहेकाे र अन्य तीन जना ४० देखि ४५ वर्षका पुरुष रहेकाे बताइएकाे छ । यसकाे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

Related Articles

Back to top button
Close