भर्खरै २७ जना कोरोना रोगी थपियो
नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ ।
यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।
काेराेना भाइरस विरूद्धकाे खाेपकाे पहिलो सङ्केत सकारात्मक भएको अमेरिकी कम्पनीको दाबी
बीबीसी। अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।
सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।