समाचार

लिपुलेकबारे चर्चित अभिनेत्री मनीषा कोईरालाको यस्तो बयानले भारतमा हलचल

काठमाडौं । पछिल्लो समय नेपाल र भारतबीचको सीमा विवाद थप गम्भीर हुँदै गएको छ । नेपालको आफ्नो भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भनेपछि तनाब सुरु भएको हो । नोभेम्बर २०१९ मा, भारतको गृह मन्त्रालयले जारी गरेको नयाँ राजनीतिक नक्शामा कालापानी क्षेत्र समावेश छ, जुन नेपाली भुभाग हो । भारतको यस कदमले नेपाल सरकारमात्रै होईन जनता पनि आक्रोशित बन्न पुगेका थिए ।

यस बाहेक, भारतका रक्षामन्त्री राजनाथ सिंहले हालै ८० किलोमिटर लामो कैलास मानसरोवर पुग्ने सडकको उद्घाटन गरे जुन लिपुलेक दर्रेमा समाप्त हुन्छ । भारतको यस सडकलाई नेपाल सरकारले अस्वीकार गरेको छ । भारत र नेपालको बिचको बिचको तनाबमा अभिनेत्री मनीषा कोइरालाको प्रतिक्रिया आएको छ । अभिनेत्री कोईराला लामो समयदेखि बलिउडमा काम गर्दै आएको भए पनि उनी नेपाली नै हुन् ।

मनीषाले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्शामा देखाउन लागेको भन्दै नेपाल सरकारको तारिफ गरेकी छिन् । मनीषाले नेपालका परराष्ट्रमन्त्रीको ट्वीटको जवाफ दिएर खुःशी व्यक्त गरेकी हुन् । अहिलेको नेपालको आधिकारिक नक्शामा कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता विवादित क्षेत्रहरू समावेश छन् । उनले ट्वीट गरेर भनिन, ‘हाम्रो सानो देशको गर्व राख्नु भएकोमा धन्यवाद । म तीनै महान देशहरू बीच शान्तिमय र मर्यादित वार्तालापको लागि तत्पर छु ।’

कामको बारेमा कुरा गर्दा, मनीषा केहि समयका लागि चलचित्रहरूमा अलि बढी सक्रिय भइन् । उनले राजकुमार हिरानीको ब्लकबस्टर फिल्म सञ्जूमा अभिनय गरिन् । यस फिल्ममा उनले रणबीर कपूरकी आमाको भूमिका खेलेकी छिन् । यस फिल्म पछि मनीषाले सञ्जय दत्तसँग फिल्म प्रस्थानमा काम गरिन् । यस फिल्ममा अली फजल र ज्याकी श्रफ जस्ता अभिनेताहरु पनि देखिएका छन् । कोईरालाको यस बयानमा नेपालीहरुले समर्थन गरेको भए पनि भारतीय फ्यानहरुले भने दुःख व्यक्त गरेका छन् । भारतीय मिडियाहरुमा पनि खुबै चर्चा गरिएको छ ।

Related Articles

Back to top button
Close