मिनेन्द्र रिजालले भारतीय पत्रकारलाई थर्काउँदै भने : नेपाल कुन देश सग टाढा र कुन देशसग नजिक हुन पर्छ त्यो भारतिय मिडिया ले सिकाउने कुरा होइन हामी लाई राम्रोसँग थाहा छ !
काठमाडौं /नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालमाथि खनिएका छन्।
उनीहरूले बुधबार दिनभर अभिनेत्री मनिषा कोइरालाको आलोचनामा समय खर्चिए। मनिषाले नेपालको नयाँ नक्साको खुलेर समर्थन गरेकी थिइन्। एबिपी च्यानलले मनिषालाई ‘चीनको इशारामा नाचेको’ आरोप लगायो।
बुधबार साँझ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल केही भारतीय अतिथिसँगै भारतीय न्यूज च्यानल रिपब्लिकको बहसमा झुल्किए।
कार्यक्रमको सञ्चालन ‘सत्तापक्षीय पत्रकार’ अर्णव गोस्वामीले गर्ने गर्छन्। कार्यक्रमको शीर्षक थियो-‘चाइना युजेज नेपाल’, अर्थात् चीनले नेपाललाई प्रयोग गर्छ। अर्णवले सुरूमै भने, ‘चीन कसैको साथी हैन।’ त्यसपछि लामो न लामो लेक्चर दिए।
ती तपाईंका साथी हैनन्,’ अर्णव त्यसपछि दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालपट्टी फर्किए, ‘चिनियाँहरू कसैको मित्र हुन सक्दैनन्। भारतसँगको पुरानो सम्बन्ध बिगारेर तपाईंहरूले के पाउनुहुन्छ?’ प्रकाशले पनि अर्णवलाई निराश पारे। भने, ‘नेपालले भारतसँगको सम्बन्ध बिगार्न खोजेको हैन, कुरा गोलमटोल नपार्नुस्। नेपाल–भारतबीच सीमा विवाद छ भन्ने कुरा भारत सरकारले नै स्वीकार्दै आएको छ।’ त्यसपछि, अर्णवले ‘चीन कसैको मित्र हुन नसक्ने’ जिरह गर्दै बहस टुंग्याए। भारतीय न्युज च्यानल रिपब्लिकमा भएको बहस (भिडियो) :