अन्तर्राष्ट्रिय समाचार

नेपालभित्रै प्रवेश गरेर न्युज २४ कर्मीको क्यामेरा खो’स्यो, प्रहरीमाथि पनि हा’तपा’त

दार्चुला, ८ जेठ । रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सु’रक्षाकर्मी ए’सएस’बीले दु’र्व्यवहार गरेकाे छ । रि’पोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सु’रक्षाक’र्मीले खाे’सेका छन् ।

भारतीय सीमा सु’रक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दुर्व्य’वहार गरेका छन् । यही रि’पोर्टिङ गर्ने क्रममा भारतीय ए’सएस’बीले पत्रकारलाई पनि दुर्व्य’वहार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रो क लगाइएको छ, जान दिएइको छैन ।

दर्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सु’रक्षकर्मीबाट कु टिएका छन् । ‘त्यहाँ हाम्रो सु’रक्षकर्मी पनि ख’टिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कुटिएको छ,’ न्युज २४ सँग कुरा गर्दै जाेशीले भन्नुभयाे । उहाँले बिहानैदेखि नै त्यहाँ पत्रकारहरू ख’टिएकाे पनि जानकारी दिनुभयाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

हामी निरन्तर सीमा र’क्षाको फलोअपमा छौं । अहिलेको म हामारीको सं’कटमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आ’क्रो’शित भएका छन् ।

Related Articles

Back to top button
Close