समाचार

पहिलोपटक कोरोनाबाट नवजात शिशुको निधन

एजेन्सी- विश्व महामारी कोरोनाका कारण दक्षिण अफ्रिकामा दुई दिनका शिशुको निधन भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार । दक्षिण अफ्रीकामा पहिलो पटक दुइ दिने बच्चाको निधन भएको हो ।

बच्चालाई जन्मनासाथ सास लिन समस्या भएर तुरुन्त भेन्टिलेटरमा राखिए पनि बचाउन नसकिएको बताइएको छ । कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेको संख्या ३ लाख २९ हजार नाघेको छ ।

५० लाख ८० हजार संक्रमित मध्ये २० लाख २० हजार उपचार पछि निको भएका छन् । ४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

नुवाकोटको तारुकाका एक महिलामा कोरोना पोजेटिभ, एम्बुलेन्समार्फत काठमाण्डौ लगियो

तारकेश्वर, ८ जेष्ठ – नुवाकोटको तारकेश्वर गाउँपालिकामा एक जनामा आरडीटी विधिबाट गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको छ ।

वडा नम्बर ३ स्थित तारुकाकी महिलामा केही दिनयता ज्वरो आउने, स्वास्व फेर्न गाह्रो हुनेलगायतका समस्या देखा परेपछि त्रिशूली अस्पतालमा लगेर आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

ती महिला पछिल्लो समय गाउँ छाडेर कतै नगएपनि कोरोनाको जस्तै लक्षण देखिएपछि परीक्षणका लागि अस्पताल लगिएको थियो ।  महिलालाई पीसीआर विधिबाट थप परीक्षणका लागि आजै काठमाडौंको टेकु अस्पताल पठाइएको छ ।

Related Articles

Back to top button
Close