समाचार

१५ दिनकाे शिशु च्यापेर रूदै निस्किए पहिलाे काेराेना मृतक परिवार , हजुरआमाले रुदै दियिन आमा गुमाएका बालकको दर्दानक अबस्था (भिडियोमा हेर्नुहोस )

काठमान्डौ , कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए। २९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो। परिवारका बाँकी सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्।

काठमाडौं। शुक्रबार काठमाडौं उपत्यकाकादुई अस्पतालमा २ जना बिरामीको मृत्यु भएको छ । यी दुवै बिरामी कोरोनाभाइरस संक्रमित हुन सक्ने आशंकामा उनहिरुको नमूना परीक्षणको लागि पठाइएको भए पनि रिपोर्ट नआउँदै उनीहरुको मृत्यु भएको होशुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामी र अल्का अस्पताल मा ६५ वर्षीय पुरुषको मुत्यु भएको छ । अल्का अपतालमा मृत्यु भएका बिरामी प्यान्क्रियाज क्यान्सरNको उपचारको लागि आएका

थिए । नवलपरासीबाट उपचारका लागि आएका उनीमा ज्वरो देखिएपछि नमूना परीक्षणको लागि पठाइएको छ । उनको शुक्रबार निधन भएको हो ।यस्तै पाटन अस्पतालमा मृत्यु भएका बिरामी अस्पतालको आइसोलेसनमा थिए । उनको कोरोना परीक्षण भइसकेको छ । बिरामीको के कारणले मृत्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ । हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

Related Articles

Back to top button
Close