समाचार

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो

काठमाडौं । शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं.५ मा ७ जना संक्रमित थपिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना रहेका छन् ।

‘दुई वर्ष अगाडी श्रीमानले छोडे, आपतमा आफ्नो भन्ने कोही भएन, कसैले सहयोग गरे बाच्थेँ’ : सिर्जना

काठमाडौं । ‘म मरेँ भने रुने पनि कोही छैनन्, तर पनि घरिघरि बाच्ने आशा पलाइरहन्छ ? उपचार खर्चको अभावमा तड्पिरहेकी श्रीधरा अधिकारी(सिर्जना) भन्छिन् । पाठेघरको समस्याबाट पीडित ३२ वर्षीया सिर्जना करिब एक महिनादेखि कतैबाट खर्च जुट्टा र उपचार गरौंला भन्ने आशमा छटपटाइरहेकी छिन् ।

श्रीमानसँग २ वर्ष अगाडी नै डिभोर्स भइसकेको सुनाउने उनी काठमाडौंमा सेक्युरिटी गार्डको काम गर्थिन् । स्वास्थ्यमा समस्या भएपछि करिब ३ महिनादेखि काम गर्न नसकेको उनले जानकारी दिइन्। ‘यो दुनियाँमा मेरो आफ्नो भनेर जाने ठाउँ कतै छैन्’ उनी गुनासो गर्छिन्।’ माइतीमा आमाबुबा, भाइ भएको तर उनीहरुले कुनै वास्ता नगर्ने सिर्जना बताउछिन् ।

Related Articles

Back to top button
Close