समाचार

“सीमा विवादले गर्दा मेरा भारतिय फ्यान हरु सँग फेस गर्नु कठिन भयो” – वर्षा राउत

नेपाली चलचित्रको नायिका वर्षा राउतले भारत र नेपाल बीच चली रहेको विवादबीच आफ्नो धारणा व्यक्त गरेको छिन् ।

शनिबार सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै अहिले हाल चली रहेको नेपाल र भारत बीचको विवादमा नेपाली जनता कराएर,उफ्रेर र भारत बिरुद्द बयान दिएर युद्ध निम्ताएको बताएको छिन् ।

नायिका राउतले भारतको मिडिया र नेपाली मिडिया मिली दुई देशबीच द्वन्द निम्त्याएको बताएको छिन् । उक्त भिडियोमा बोल्दै वर्षा राउतले ” दुई देश बीच भएको विवाद भारत सरकार र नेपाल सरकार मिलेर टेबल तक गरेर मात्र समाधान हुने ” बताएको छन् ।

भिडियोको अन्तिममा नायिका वर्षाले ” अब म मेरा भारतिय फ्यानहरुसँग कसरी फेस गर्नु ” भनेको छिन् ।

नायिका राउतको यस टिप्पणी पछि अहिले सामाजिक सञ्जाल फेसबुकमा उनको खुब विरोध भई रहेको छ ।

Related Articles

Back to top button
Close