समाचार

भार,तीय सेनाको टोलीलाई नै चिनियाँ सेनाले निय,न्त्रणमा लियो

काठमाडौं । सबैजसो छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । भारत–चीन सीमा क्षेत्रमा केही दिन यता तनाव बढ्दै गएको हो ।

समाचार एजेन्सीहरूका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको छ ।

गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको समाचार हालै प्रकाशमा आएको हो । केही भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ (आइटिबीपी)को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

समाचारमा दावी गरिए अनुसार आइटिबिपीको गस्ती टोलीलाई चिनियाँ सेनाले ‘लाइन अफ एक्च्यूअल कन्ट्रोल’ (एलएसी) बाट नियन्त्रणमा लिएको हो । चिनियाँ सेनाले भारतीय घुसपैठ बढ्न थालेपछि पछिल्ला दिनमा एलएसीमा आफ्नो उपस्थिति बढाएको छ । सोही क्रममा भारतीय सैनिक टोलीलाई हतियारसहित नियन्त्रणमा लिएको समाचार प्रकाशमा आएको हो ।

Related Articles

Back to top button
Close