समाचार
भारतीय ह्याकरद्वारा नेपालको सरकारी वेबसाइट ह्याक
काठमाडौँ, ११ जेठ । भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को वेबसाइट ह्याक गरेको छ। ह्याक गरेर उनीहरुले आफ्नो लोगो र भारतीय झण्डा राखेका छन।
‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेको हो । ह्याकरले ह्याक मात्र गरेन ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने चेतावनीमुलक सन्देस पनि छोडेको थियो।
उनीहरुले सिमा विवादको संकेत दिदै यस्तो संदेश छोडेको अनुमान लगाउन सकिन्छ ।