समाचार

भारी बोक्दै जीवन गुजारे, सडकमै अन्तिम सास फेरे

कीर्तिपुर-१० स्थित मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटी। आइतबार दिउँसो उक्त सडक पेटीमा एक जना वृद्ध बेवारिसे पल्टिएका थिए। झुत्रा लुगा लगाएका उनी जेठको उखरमाउलो गर्मीमा कतिबेरदेखि त्यसरी पल्टिएका हुन् कसैले थाहा पाएनन्। उनको सोधीखोजी गर्ने मानिस पनि कोही थिएन।

पछि स्थानीय युवाहरूले उनलाई देखे। नजिकै गए। त्यतिन्जेल ती वृद्धको शरीर चिसो भइसकेको थियो।

ती युवाहरूले प्रहरीलाई खबर गरे।शुक्रबारसम्म उनी विभिन्न संस्थाहरूले बाँडेको खाना खान्थे। आज बिहानसम्म पनि उनलाई ठिकै थियो,’ शाक्यले भने,‘दिउँसो अचानक के भयो उनको त मृ,त्यु भएछ। सायद दिन पुग्यो होला।’

प्रहरीका अनुसार सूर्यबहादुरका कोही आफन्त छैनन्। प्रहरीले पोष्टमर्टम गर्न उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याएको छ। सेतोपाटी

Related Articles

Back to top button
Close