भिडियो

अझै कति मान्छे मा**र्ने ? ओम अस्पतालका एमडिलाई रबिको प्रश्न नै प्रश्न! (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई न्युज २४ टेलिभिजनको स्टुडियोबाट नभई चितवनबाट प्रत्यक्ष प्रसारण गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. ओम अस्पतालको चरम लापरवाही– पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान गयो

काठमाडौं । काठमाडौंको चावाहिलमा रहेको ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा हरेक महिना जस्तो नै बिरामीको ज्यानको गएको घटना बाहिरिरहेका छन । पछिल्लो घटना शनिबारको हो । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरुङ पत्थरीको शल्यक्रिया गर्न शुक्रवार हिंडेरै अस्पताल पुगिन् । चिकित्सकले शनिबार शल्यक्रिया गरे, तर अनिताको ज्यान गयो । चिकित्सककै लापरबाहीका कारण उनको मृत्यु भएको आरोपमा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरे । ओम अस्पतालका युरोलोजिस्ट तथा प्रोफेसर डाक्टर भोलाराज जोशीले अनिताको अपरेशन गरेका थिए । आफन्तका अनुसार अस्पतालले सामान्य शल्यक्रिया गर्ने भनेको थियो । अनिता पनि हाँसी–हाँसी अप्रेशन थिएटर छिरेकी थिइन् ।

२. भरतपुर अस्पताल परिसरमै फोहोरको डङ्गुर, डेंगुको जोखिम !

चितवन । अस्पताल जाँदा तपाईहरु कहिल्यै नाक थुनेर पस्नु भएको छ ? तर चितवनको भरतपुरमा रहेको भरतपुर केन्द्रीय अस्पतालमा जानुभयो भने नाक नथुनी बस्न सक्नु हुन्न ! ६ सय बढी शैयाबाट सेवा प्रदान गर्ने अस्पतालको अहिले कन्तविजोक छ । अस्पतालको सबैतिर फोहरै–फोहर भेटिन्छ । उपचारका लागि अस्पताल पुग्नेले अर्को रोग थपेर फर्कनु पर्ने खतरा उस्तै छ । अस्पताल भवनमा टाँसिएका ढल र अस्पतालजन्य फोहर संकलन गर्ने ठाँउमा व्यवस्थित नहुँदा फोहोर गन्हाएर बसीसक्नु छैन । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालको फोहर व्यवस्थापन गर्न नसकेको स्विकार गर्छन् ।

३. चितवनका कृषकको गुनासो– सयौँ विघामा लगाइएको धानमा बाला लागेन

चितवन । चितवनका कृषकहरु धानमा रोपको ३ महिनासम्म पनि बाला नलागेपछि निराश बनेका छन् । उनीहरुले भारतको हैदाराबादमा रहेको रेनोभा सिड्स साइन्स ईण्डिया प्रा.लि.बाट नेपालको दाङमा रहेको सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले मार्केटिङ तथा प्याकिङ गरेको गरिमा जातको धान खरीद गरेका थिए । चितवनका एग्रोभेटले १३ हजार ४ सय किलो गरीमा जातको धानको बीउ बिक्री गरेका थिए । यो बीउले करीब १८ हजार कठ्ठालाई पुग्छ । विगत ५ वर्षदेखि गरिमा जातको धान रोप्दै आएका कृषकले अहिले बाला नलागेपछि नक्कली धान प्याकिङ गरी विक्री गरेको खुल्न आएको छ ।

४. एपेन्डिक्स भनेर शैयामा राखिएकी बिरामीको पाठेघरको शल्यक्रिया !

पोखरा । कुनै पनि बिरामीको शल्यक्रिया पूर्व आवश्यक चाँज गरेर बिरामी तथा आफन्तको सहमतिमा मात्रै शल्यक्रिया हुनेगर्छ । शल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई एपेन्डिसाइटिस भएको बताएर पाठेघरको शल्यक्रिया गरेको घटना बाहिर आएको छ । पोखराको नयाँ गाउँका सुरज थापाकी श्रीमती सबिता राई थापाले कोखा दुखेका कारण फेवासिटी अस्पतालको इमरजेन्सीमा जाँच गराइन् । त्यहाँ भएका डाक्टरले उनलाई एपेन्डिक्स भएको र तत्काल अपरेसन गर्नुपर्ने सुझाए ।

Related Articles

Close