समाचार

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गौरका ७ जना, देवाही गोनाहीका ३ जना, राजदेवीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै अन्य ११ जनाको स्पष्ट ठेगाना नखुलेपनि पनि उनीहरू अधिकांश देवाही गोनाहीका रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनभुयो । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ७० पुगेको छ ।

संक्रमित सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् ।

उपत्यकाका सयभन्दा बढी घर सिल

काठमाडौं । कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ ।

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ । काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ । उक्त घरहरूमा बस्ने २५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

Related Articles

Back to top button
Close