समाचार

भक्तपुरमा लकडाउनका कारण आर्थिक समस्यामा परेर पाल्न नसकेको भन्दै, २२ वर्षीया रमिला राईले शिशुको ह’त्या

भक्तपुर । लामो समयको लकडाउनले सिर्जना भएको अभावका कारण अ’परा’ध निम्त्याउन थालेको छ । तफभक्तपुरमा लकडाउनका कारण आर्थिक समस्यामा परेर पाल्न नसकेको भन्दै एक महिलाले आफुले भर्खर जन्माएको नवजात शिशुको ह’त्या गरेकी छन् ।

उदयपुर घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका– ६, घलाते बस्ने २२ वर्षीया रमिला राईले शिशुको ह’त्या गरेकी हुन् । घटना लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन लगत्तै श्रीमान मिलन मगर बे’पत्ता भएको र खानेकुरा नभएका बेला बच्चा जन्मिए पछि आफुले पाल्न नसक्ने ठानेर यस्तो काम गरेको रमिलाले प्रहरीसँगको बयानमा बताएकी छन् । उनको पहिलो सन्तान छोरी २१ महिनाकी छन् ।

रमिला र मिलन श्रीमान श्रीमती नै मजदुरीको काम गर्ने गरेका थिए । लामो समय देखिको लकडाउनले उनीहरुले गर्दै आएको मजदुरी पनि गुम्यो । त्यस माथि श्रीमानले पनि छोडेर हिडेपछि खानेकुराको अभाव भएको रमिलाले बताएकी छन् । लकडाउनकै बेला श्रीमानले छोडेर हिडेपछि एउटा बच्चालाई जसोतसो पाल्दै आएको बताएकी उनले अर्को बच्चा समेत जन्मिएकाले आफूले बाध्य भएर घटना गराएको दाबी उनको छ ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले दुई सन्तानको पालनपोषण गर्न नसक्ने ठानेर शिशुको ह’त्या गरेको बयान रमिलाले दिएकी छन् । उनले बच्चा जन्मिने बित्तिकै मुखमा कपडा को’चेर ह’त्या गरेको र झा’डीमा फा’लेको बताएकी छन् । स्थानीयले फोहोर फा’ल्ने क्रममा सालनालसहितको शिशु मृ’त अवस्थामा देखिपछि प्रहरीमा खबर गरेका थिए ।

Related Articles

Back to top button
Close