समाचार

भारतबाट आएका ५५ वर्षीय पुरुषको आइसोलेसन मै मृत्यु, बोर्डर क्रस गर्ने बेलै रिंगटा र मुखबाट फिज आएको खुलासा

काठमाडौँ, १४ जेठ । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका भारतबाट आएका एक पुरुषको मृत्यु भएको छ ।

कैलाली गौरीगंगा नगरपालिका-७ का ५५ वर्षीय पुरुषको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए। भारतको महाराष्ट्रबाट आएका उनलाई मंगलबार दिउँसो आइसोलेसनमा भर्ना गरिएको थियो ।

गौरीफन्टा नाका हुदै नेपाल भित्रिएका उनलाई सिधा आइसोलेसनमा लागिएको थियो । उनलाई हिजो मंगलबार नाका पार गर्ने बेला नै रिंगटा लाग्ने र मुखबाट फिज आउने समस्या देखिएको थियो । मृत्यु भएपछि गरिएको आरडीटी टेस्टमा नतिजा नेगेटिभ एको श्रेष्ठले बताए ।  पिसीआरको लागि पनि नमुना संकलन गरिसकिएको र दिउसो सम्म नतिजा आइपुग्ने बताईएको छ ।

गौरीफन्टा नाका हुदै नेपाल भित्रिएका उनलाई सिधा आइसोलेसनमा लागिएको थियो । उनलाई हिजो मंगलबार नाका पार गर्ने बेला नै रिंगटा लाग्ने र मुखबाट फिज आउने समस्या देखिएको थियो । मृत्यु भएपछि गरिएको आरडीटी टेस्टमा नतिजा नेगेटिभ भएको श्रेष्ठले बताए ।  पिसीआरको लागि पनि नमुना संकलन गरिसकिएको र दिउसो सम्म नतिजा आइपुग्ने बताईएको छ ।

Related Articles

Back to top button
Close